बिहीबार, वैशाख २०, २०८१

गभर्नर अधिकारी भन्छन्- सेयर बजारमा बुझेर मात्रै लगानी गर्नुपर्छ

नेपालखोज २०७८ मंसिर २३ गते १८:३२

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरुमा कर्जाको माग अत्यधिक बढ्दा तरलतामा चाप परेको बताए । बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थसमितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाकाबारे जानकारी दिर्दै गभर्नर अहिलेसम्म बैंकहरुबाट ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको तर निक्षेप ६४ अर्ब मात्रै भएकाले वित्तीय प्रणालीमा तरलतामा चाप परेको बताए ।

गर्भनर अधिकारीले अहिले पनि वित्तीय प्रणालीमा कर्जा र निक्षेपबीच साढे ३ खर्बको अन्तर रहेको बताए । पछिल्लो समय ५० प्रतिशत कर्जा आयातमा मात्रै बाहिर जाँदा तरलता थप अभाव भएको बतए । चालु आर्थिक वर्षको चार महिनामा मात्रै राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि मात्रै २३ खर्ब ८६ अर्ब रुपैयाँ रिपोमार्फत बैंकिङ प्रणाली पठाएको बताए ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले आयात रोक्न नसक्ने तर निरुत्साहित गर्ने नीति बनाउने बताए । उनले आयातलाई निरुत्साहित गर्ने विषयमा अर्थमन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंकर संघसँग छलफल भइरहेको बताए । गभर्नर अधिकारीले बिलासिताका वस्तु आयातमा थप कडाइ गरिने बताए । त्यस्तै, मंसिर महिना पछि बैंकहरुको वेस रेट ब्याजदर बृद्धि हुनसक्ने बताए ।

गभर्नर अधिकारीले सेयर बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताए । उनले कोरोना महामारीको समयमा अन्यत्र लगानी नहुँदा सेयर बजारमा लगानी ओइरिएकाले बजारा उच्च बिन्दुमा पुगेको बताए । गभर्नर अधिकारीले कम्पनीको वित्तीय विवरण हेरेर मात्रै लगानी गर्न लगानीकर्तालाई आग्रह गरे ।

गभर्नर अधिकारीले कम्पनीको ग्रोथ कम भएको तर शेयर मूल्य बढेको बढ्यै गर्नु स्वभाविक नभएको बताए ।सेयर बजारलाई नियमन गर्न राष्ट्र बैंकले सेबोनलाई दिएको बताए ।

प्रतिक्रिया