बुधबार, वैशाख १९, २०८१

सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगर्दा समस्या : विप्लव

नेपालखोज २०७८ मंसिर २३ गते २१:१४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन् ।

बिहीबार बन्दी कार्यकर्ता भेटघाट गर्न संखुवासभाको खाँदबारी कारागार गएका महासचिव चन्दले सरकार सहमति कार्यान्यवनमा उदासिन रहेको आरोप लगाए । तीनबुँदे सहमतिप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताउँदै उनले सरकारले सहमति कार्यान्वयन गर्नेमा आफू आशावादी रहेको बताए ।

बन्दीगृहका नेता कार्यकर्ता रिहा गर्न सत्तारुढ दलका प्रमुख सकारात्मक भएपनि पहल गर्न कोही अग्रसर नभएको उनको भनाइ थियो । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २० गते तीन बुँदे सहमति भएको थियो ।

बन्दीको रिहाइ र मुद्दा खारेजीका लागि सत्तारुढ दलका प्रमुखसँग पुनः छलफल गर्ने उनले बताए। नेपाली कांग्रेसमासमेत समाजवादको बहस सुरु भएकाले समाजवाद पक्षका कम्युनिष्ट पार्टी एक हुनुको विकल्प नभएको उनले बताए ।

प्रतिक्रिया