नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट सुरु हुँदै
नेपालखोज
२०७८ मंसिर २४ गते ७:३७

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मुल नाराका साथ आज भृकुटीमण्डपमा महाधिवेशन उदघाटन हुन लागेको हो ।
उद्घाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने जनाइएकाे छ । कोरोना संक्रमणको जोखिमका कारण कांग्रेसले यसपटक उद्घाटन समारोहमा धेरै मानिसहरु उपस्थिति नगराउने जनाएकाे छ । काठमाडौं उपत्यका भित्रका र स्वतःस्फूर्त काठमाडौंमा आएकाहरुमात्र उद्घाटन समारोहमा सहभागी हुने कांग्रेसले जनाएको छ ।
महाधिवेशन दिउँसो १ बजे उद्घाटन हुने पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख विश्वाप्रकाश शर्माले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया