आइतबार, जेठ ५, २०८२

धनी राष्ट्रले कोभिडविरुद्धको खोप भण्डारण गर्नेमा डब्ल्यूएचओको आशंका

नेपालखोज २०७८ मंसिर २४ गते ९:४३

काठमाडौं । ओमिक्रोन संक्रमण तीव्र रुपमा फैलिएसँगै धनी राष्ट्रहरूले कोभिडविरुद्धको खोप भण्डारण गर्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चिन्ता व्यक्त गरेको छ ।

धनी राष्ट्रको यस कदमले खोप प्राप्त गर्न नसकेका राष्ट्र मानिसहरूमा खोप आपूर्ति प्रभावित पार्न सक्ने डब्ल्यूएचओले आशंका गरेको छ । ओमिक्रोन भाइरसबाट बच्नका लागि कतिपय धनी राष्ट्रहरूले बूस्टर मात्रा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

हालसम्म उपलब्ध कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्टविरुद्ध कम प्रभावकारी रहेको भन्दै विभिन्न क्षेत्रबाट प्रतिक्रिया आएका छन् । खोप उत्पादक फाइजर बायोएनटेकले गरेको पछिल्लो अध्ययनमा फाइजर खोपले कोभिडको मुख्य ’स्ट्रेन’को तुलनामा ओमिक्रोनविरुद्ध एन्टिबडी उत्पादन गर्ने पाइएको छ । तर त्यो कमी बुस्टर मात्राले पूर्ति गर्ने छ ।

विश्व स्वास्थ्य संगठनले भने सुरुवाती मात्रा उपलब्ध गराउने कार्य नै प्राथमिकतामा पर्नुपर्ने जनाएको छ । डब्ल्यूएचओकी खोप सम्बन्धी निर्देशक केट ओ ब्रायनले धनी राष्ट्रहरूलाई खोप दान गर्ने कार्य जारी राख्न आग्रह गरेकी छन् ।

ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिअन्ट हो । प्रारम्भिक तथ्यांक अनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा भेरिअन्ट वा अन्य स्ट्रेनभन्दा बढी बिरामी नपार्ने देखिएको डब्ल्यूएचओको आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले जनाएका छन् ।
–बीबीसी

प्रतिक्रिया