मंगलबार, वैशाख १६, २०८२

नाइजेरियाको मस्जिदमा बन्दुकधारीको आक्रमण, १६ को मृत्यु

नेपालखोज २०७८ मंसिर २४ गते १४:३६

काठमाडौं । नाइजेरियाको नाइजर प्रान्तमा आज बिहान बन्दुकधारीले एक मस्जिदमा आक्रमण गरी १६ जनाको हत्या गरेका छन् । नाइजर प्रान्तको मशेगु क्षेत्र नजिकैको गाउँमा भएको आक्रमणमा परी ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् ।

नाइजर प्रान्तका सरकारी अधिकारी अहमद इब्राहिम मतानेले बन्दुकधारीले बिहानको प्रार्थना गरिरहेका मानिसहरूमाथि गोली चलाएको बताएका छन् । बन्दुकधारीहरू मोटरसाइकलमा थिए । मस्जिद जाँदै गरेका एक व्यक्तिको बाटोमै उनीहरूले गोली हानेर हत्या गरेका छन् ।

यस्तै क्याटसिना प्रान्तमा पनि एक सरकारी अधिकारीको उनकै निवासमा गोली हानी हत्या गरिएको छ । राबे नासिर नामका अधिकारीहरू विज्ञान र प्रविधि मामिलाका राज्य आयुक्त थिए । हत्याको अनुसन्धानमा जुटेको लाइनेरियन प्रहरीले जनाएको छ । यसै हप्ताको सुरुमा सोकोटो प्रान्तमा पनि बन्दुकधारीहरूले एउटा बसमा आक्रमण गरेका थिए । उक्त घटनामा कम्तीमा २३ यात्रुको मृत्यु भएको थियो ।

प्रतिक्रिया