‘नेपाल-भारतबीचको विवाद आपसी सम्वादबाट समाधान गर्नुपर्छ’
नेपालखोज
२०७८ मंसिर २४ गते १६:०१

काठमाडौं । अखिल नेपाल भारतीय कंग्रेस कमिटीका नेता मुकुल वास्निकले आपसी वार्ताको माध्यमबाट नेपाल र भारतबीच भएको विवाद समाधान गनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना सन्देश दिँदै वास्निकले दुई देशबीच रहेका समस्याहरुको विषयमा वार्ता र सम्वादमार्फत समाधान गर्नुपर्ने बताए ।
उनले दिल्लीमा भइरहेको विधानसभाको निर्वाचनका कारण पार्टीकी अध्यक्ष सोनिया गान्धी उपस्थित हुन नसकेको तर महाधिवेशनको शुभकामना दिएको उल्लेख गरे ।
उनले नेपाल र भारतबीच सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनु पर्नेमा जोड दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया