देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम सफा रहने

नेपालखोज २०७८ मंसिर २५ गते ६:१६

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ । त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

प्रतिक्रिया