सोमबार, वैशाख २४, २०८१

‘पार्टीभित्रको अन्याय समाप्त पार्न सभापतिमा उम्मेद्वारी दिएको हुँ ’

नेपालखोज २०७८ मंसिर २५ गते १५:२६

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको अन्याय समाप्त पार्न सभापतिमा उम्मेद्वारी दिएको बताएका छन् । आज (शनिवार) उम्मेद्वारी घोषणासभामा अवधारणापत्र सार्वजनिक गर्दै नेता सिंहले कांग्रेसमा सभापति पदका लागि उम्मेदरवारी पनि घोषणा गरेका छन् ।

नेता, कार्यकर्तामाथि अन्याय भइरहेको बताउँदै नेता सिंहले १३ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालभरी विधान अनुसार गर्नुपर्ने न्यूनतम काम समेत गर्न नसकेको आरोप लगाए ।

यस अवधिमा पार्टीले गति लिन नसकेको भन्दै नेता सिंहले गतिशील बनाउनका लागि नेतृत्व परिवर्तनको आवश्यकता भएकाले आफू सभापतिको उम्मेद्वार बनेको दाबी गरेका छन् ।

सिंहको प्यानलबाट नेतृ सुजाता कोईरालाले उपसभापतिमा उठ्ने घोषणा गरेकी छन् । सिंहको प्यानलबाट अन्य नेताहरुलाई पनि उठाउने सम्बन्धमा छलफल चलिरहेकाले देशभरका मानिसहरुको प्रतिनिधित्व हुनेगरी प्यानल बनाइने बताइएको छ ।

प्रतिक्रिया