आइतबार, वैशाख २३, २०८१

एमाले सल्लाहकार परिषदको अध्यक्षमा बोहोरा चयन

नेपालखोज २०७८ मंसिर २५ गते १७:१६

काठमाडौं । नेकपा एमालेका नेता अमृतकुमार बोहोरा पार्टीको केन्द्रिय सल्लाहकार परिषदको अध्यक्ष भएका छन् । शनिबार भक्तपुरको गट्ठाघरमा सुरुभएको पार्टी केन्द्रिय कमिटीको दोस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा नेता बोहोरा सो परिषदको अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्षमा चयन भएलगत्तै उनले अध्यक्ष ओलीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । पूर्वमन्त्री समेत रहेका बोहोरा ७० वर्षे उमेर हदका कारण पार्टीको कन्द्रिय कमिटीमा नेतृत्वका लागि दाबी गर्न पाएका थिएनन् ।

नवौं महाधिवेशनमा बोहोरा पार्टीको केन्द्रिय अनुशासन आयोगको अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया