शुक्रबार, वैशाख २८, २०८१

गोरखामा ४.३ रेक्टरको परकम्प

नेपालखोज २०७८ असोज ३१ गते १२:११

काठमाडौं । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । परकम्पको धक्काको महसुस भई स्थानीय बासिन्दा घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महसुस गरिएको थियो । -रासस

प्रतिक्रिया