आइतबार, वैशाख २३, २०८१

प्रभु इन्स्योरेन्सको ‘कृषि तथा पशुपन्छी बिमा क्षति मूल्यांकनकर्ताको तालिम’

नेपालखोज २०७८ मंसिर २५ गते २३:५५

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बिमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बिमा निर्देशिका २०७७ मा व्यवस्था भए बमोजिम तोकिएको समय अगावै आफ्नो कार्य क्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरिएको हो ।

कृषि तथा पशुपन्छी बिमा निर्देशिका २०७७ बमोजिम बिमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा बिभिन्न कृषि तथा पशुपन्छी विज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए । कम्पनीको कार्य क्षेत्र तोकिएका जिल्लाहरु मुस्ताङ्ग, म्याग्दी, बागलुङ्ग र स्याङ्गजामध्ये कम्पनीले मुस्ताङ्ग, म्याग्दी र बागलुङ्गमा कार्तिक महिनामै तालिम सम्पन्न गरि सकेको थियो ।

कम्पनीले यही मंसिर २२ गतेदेखि २४ गतेसम्म स्याङ्गजामा सञ्चालित तालिम समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रमलाई सम्वोधन गर्दे कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले बिमा समितिबाट जारी भएको निर्देशिका अनुसार तोकिएको समय अगावै तालिम सम्पन्न गर्न सकिएको र तालिमको कारण बिमा क्षेत्रमा दक्ष जनशक्ति बिकासमा सहयोग पुग्ने बाताउनु हुँदै कम्पनीले सञ्चालन गरेको तालिमबाट ५० जना भन्दा बढी क्षति मुल्याङ्कनकर्ता तयार भएकोले आगामी दिनमा कृषि तथा पशुपन्छी बिमाको क्षति मुल्याङ्कन तथा दावी भुक्तानीमा सहज हुने बताए ।

प्रतिक्रिया