आइतबार, वैशाख २३, २०८१

देशको पहाडी भू-भागमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा रहने

नेपालखोज २०७८ मंसिर २६ गते ६:११

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो गण्डकी र प्रदेश १ मा आंशिकदेखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ महाशाखाले जनाएकाे छ । त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया