सहिद स्मारक ‘ए’ डिभिजन : थ्री स्टार र एपीएफबीच प्रतिस्पर्धा हुँदै

नेपालखोज २०७८ मंसिर २६ गते ९:२४

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज थ्री स्टार र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ । थ्री स्टार ३ खेलमा ४ अंक जोडेर अंक तालिकाको आठौं स्थानमा रहेकाे छ ।

थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग १–० ले पराजित भएको थियो ।


 

प्रतिक्रिया