कंचनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
नेपालखोज
२०७८ मंसिर २६ गते ९:४४

कंचनपुर । लालझाडी गाउँपालिका ६, ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गएराति हात्तीको आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा रानाको मृत्यु भएको आरक्ष संघर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिएका छन् ।
घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो ।
शिवरमा रानाक श्रीमती, बुहारी र नातिनतिनासँग बस्दै आएका थिए । हात्तीले शिविरका बासिन्दाका २० झुपडीसमेत भत्काइदिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गएराति १५ बढीको संख्यामा छावासहितको जंगली हात्तीको बथान शिविरमा छिरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया