सुनचाँदीकै मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ मंसिर २६ गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै मूल्य बढेकाे छ । छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रूपैयाँले बढेकाे छ । तेजाबी सुन आज ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ९१ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँले बढेकाे छ । आज चाँदी १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी शुक्रबार १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिक्रिया