नेप्से ८८ अंकले घट्दा तीन अर्ब ३८ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आज नै नेप्से ८८ दशमलव सात अंकले घटेर २३ सय ६१ दशमलव २७ अंकमा झरेको छ । त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव १५ अंकले घटेर चार सय ५० दशमलव आठ अंकमा झरेको छ ।
दुई सय २८ वटा कम्पनीहरुको ५१ हजार आठ सय ४४ पटकको कारोबारमा ७४ लाख छ हजार आठ सय ७४ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम तीन अर्ब ३८ करोड २५ लाख नौ हजार पाँच सय २० रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक ४४ दशमलव ४३ अंकले घटेर १६ सय ३० दशमलव ९५ अंकमा निर्जिवन बिमा समूहको सूचक पनि चार सय ९० दशमलव १२ अंकले घटेर १० हजार तीन सय ३६ दशमलव ६४ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि पाँच सय सात दशमलव ६१ अंकले घटेर १२ हजार पाँच सय ८० दशमलव ६१ अंकमा झरेकोमा विकास बैंक, जलविद्युत, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य दुई प्रतिशतले बढेर १८ हजार पाँच सय ६४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने १० प्रतिशतले घटेर ११ सय ११ रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज मञ्जुश्री फाईनान्सको प्रतिकित्ता एक हजार ४४ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा १९ करोड ७७ लाख ४० हजार नौ सय ४९ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया