ऊर्जा कूटनीति नै निर्णायक : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले राजनीतिक, आर्थिक भन्दा ऊर्जा कुटनीतिनै निर्णायक हुने बताएकी छिन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन) र इकोनमिक पोलीसी इन्क्यूभेटर (ईपीआई)को संयुक्त आयोजनामा आयोजित नेपालमा विद्युत व्यापारको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अहिलेको अवस्थामा ऊर्जा कुटनीतिनै निर्णायक हुने बताएकी हुन् ।
अहिले अहिले छिमेकी देश भारतका लागि राजदुत भएका शंकर शर्मालाई समेत कार्यकाल सफलतामा ऊर्जा कुटनीतिमै भर पर्ने भनेर आफूले जोड दिएको बताइन् । विद्यमान कानुनले नपुगेरनै नयाँ कानुन ड्राफ्ट भएको भन्दै राजनीतिक अवरोध भएन भने हिउँदे अधिवेशनमा यो विधेयक पास हुने भुसालले बताइन् ।
उनले ऊर्जाको उत्पादन वृद्धि गर्ने सवालमा सरकारको तर्फबाट कुनै पनि हडल हुन नहुने बताइन् । पीपीए रोक्न नहुने भन्दै उनले निजी क्षेत्रलाई भरपुर प्रयोग गर्न सकिने उनको भनाई छ । बंगलादेशमा बिजुली बेच्न नेपाल र बंगलादेशले संयुक्त रुपमा भारतसँग प्रस्ताव गर्नुपर्ने ज्ञावलीले भनाई छ । ऊर्जा मन्त्रालयभित्रै विज्ञहरु रहेकोले ऊर्जा क्षेत्रका समाधान गर्न सक्नु पर्ने उनले बताइन् ।

प्रतिक्रिया