शुक्रबार, फागुन ११, २०८०

‘आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्छ’

नेपालखोज २०७८ मंसिर २६ गते २०:०२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका छन् ।

आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताए ।

उनले पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्वको आवश्यक रहेको बताए । नेता थापाले कांग्रेस उज्यालो देखिने गरी आफू सहभागी नेतृत्वले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । नेता थापाले सफा, पवित्र र निश्चल कांग्रेस शेखर कोईरालाको नेतृत्वमा देखिने भएकोले आफूलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया