यी हुन्, सञ्चालनको अनुमति कुर्दै बसेका आठ कम्पनी !

ललितपुर । बिमा कम्पनीहरुको संख्या ५० वटा पुग्ने भएको छ । नेपालमा हाल १९ वटा जीवन बिमा कम्पनीहरु, २० वटा जीवन बिमा कम्पनीहरु र दुई वटा पुनःबिमासहित ४१ वटा बिमा कम्पनीहरुले कारोबार सञ्चालन गर्दे आएका छन् ।
यही बिचमा थप आठ वटा बिमा कम्पनीहरुको सञ्चालनको लागि बिमा समितिको स्वीकृती कुर्दे बसेको र यदि तीन कम्पनीहरुले सञ्चालनको लागि अनुुमती पाएको खण्डमा बिमा कम्पनीहरुको संख्या ५० वटा पुग्ने भएको हो ।
श्रोतका अनुसार अहिले कम्पनी रजिष्र्टडको कार्यालयबाट दर्ता प्रकृया सम्पन्न गरी ६ वटा जीवन बिमा कम्पनीहरुले अनुमती माग गर्दे बिमा समितिमा आवेदन दिएका छन् । यसरी आवेदन दिने कम्पनीहरुमा जीवनधारा लाईफ इन्स्योरेन्स कम्पनी, लक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी, ग्लोवल लाईफ इन्स्योरेन्स कम्पनी, स्टान्र्डड लाईफ इन्स्योरेन्स कम्पनी, इन्टरनेशनल लाईफ इन्स्योरेन्स कम्पनी र एलिएन्ज लाईफ इन्स्योरेन्स कम्पनीले आवेदन दिएका छन् ।
यदि यि सबै कम्पनीहरुले अनुमती पाएको खण्डमा नेपालमा जीवन बिमा कम्पनीहरुको संख्या २५ पुग्ने छ । यसैगरी निर्जिवन बिमा तर्फ मनकामना इन्स्योरेन्स कम्पनी र एग्रीकल्चर इन्स्योरेन्स कम्पनीले पनि कम्पनी रजिष्र्टडको कार्यालयमा दर्ता प्रकृया सम्पन्न गरी अनुमतीको लागि बिमा समितीमा आवेदन दिएको छ । यदि यि कम्पनीहरुले पनि सञ्चालनको लागि अनुमती पाएको खण्डमा नेपालमा निर्जिवन बिमा कम्पनीहरुको संख्या २२ वटा पुग्नेछ ।
नेपालमा सञ्चालनमा रहेका दुई वटा पुर्नबिमा कम्पनीहरुमा भने नेपाल पुर्नबिमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनी रहेका छन् । अहिले नेपालमा जीवन बिमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी दुई अर्ब र निर्जिवन बिमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान रहेको छ ।
बिमा समितिले भने नयाँ बिमा कम्पनीहरुलाई विद्यमान चुक्ता पूँजी भन्दा बढी चुक्ता पूँजी तोकेर सञ्चालनको लागि अनुमती दिने की भन्ने विषयमा छलफल भईरहेको जानकारी दिएको छ । कति संख्यामा दिने, कुन-कुन कम्पनीहरुलाई सञ्चालनको लागि अनुमती दिने भन्ने बारेमा अहिले नै टुंगो लागि सकेको छैन, बिमा समिती श्रोतले भनेको छ ।


प्रतिक्रिया