कांग्रेस नेता पौडेलले भोट नदिने !
नेपालखोज
२०७८ मंसिर २७ गते १०:१९

काठमाडौं । नेपाली कांग्रेसकका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा सहभागी नहुने भएका छन् । सभापति पदका आकांक्षी पौडेलले आफ्नै समूहमा सहमति नभएपछि चुनावी प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए ।
शेखर कोइराला, प्रकाशमान सिंह र बरिष्ठ नेता पौडेलले एकअर्कामा सभापति पदको दाबी गरेका थिए । सिंह र कोइरालाले दाबी नछाडेपछि पौडेल अलग भएका हुन् ।
कांग्रेस महाधिवेशनमा १३ पदाधिकारी र १ सय १९ सदस्यसहित १ सय ३२ पदका लागि निर्वाचन हुँदैछ । पदसंख्या १ सय ३४ भएकामा प्रदेश नंबर २ बाट केन्द्रीय कार्य समितिमा दुई जना भने निर्विरोध भइसकेका छन्। ४ सय ८९ जना उम्मेदवार नेतृत्वको लागि चुनावी मैदानमा छन् । आजको निर्वाचनबाट १३ पदाधिकारीसहित १३२ जनाको फैसला हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया