सोमबार, जेठ ६, २०८२

सुनचाँदीकै मूल्य स्थिर, आजकाे भाउ कति ?

नेपालखोज २०७८ मंसिर २७ गते ११:०६

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीकै मूल्य स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ५ सय रूपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेकाे छ । तेजाबी सुन आज ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन ९२ हजार रूपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहुकाे छ । आज चाँदी १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आइतबार १ हजार १ सय ९० रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया