शनिबार, जेठ ५, २०८१

बालकोटमा नेचर सुपर मार्केटको तेस्रो शाखा

नेपालखोज २०७८ मंसिर २७ गते १३:३८

काठमाडौं । ग्रोसरी, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री बिक्री गर्दै आएको नेचर सुपर मार्केट प्रालिले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ३, बालकोटस्थित अधिकारी टोलमा स्थापनाको गरिएको नेचर सुपर मार्केटको आज (सोमबार) उद्घाटन गरिएको छ ।

‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ २०७७ कात्तिक २६ गते काठमाडौंको मैतीदेवीबाट व्यावसायिक सुरुवात भएको नेचर सुपरमार्केटले काठमाडौंको नरेफाँटमा शाखा सञ्चालनमा ल्याइसकेको छ । सुपरमार्केटका अध्यक्ष जनकबहादुर धामीले आगामी दिनमा काठमाडौंका विभिन्न ठाउँमा थप शाखाहरु विस्तार गर्ने जनाएका छन् । बालकोटमा तेस्रो शाखा उद्घाटनपछि उनले सम्पूर्ण ग्राहक, उपभोक्ता, कर्मचारी, शुभेच्छुक, शुभचिन्तकलगायत सबैमा आभारसमेत व्यक्त गरेका छन् ।

सुपर मार्केटले धेरै ग्राहक तथा उपभोक्ताको विश्वास जित्न सफल भएको अध्यक्ष धामीले बताए । ‘आगामी दिनमा अझै परिस्कृत ढंगबाट ग्राहक तथा उपभोक्ताको विश्वास जित्नेगरी काम गर्नेछौं,’ उनले भने । सुपर मार्केटमा खाद्यान्न, ग्रोसरी, ग्यासलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध छन् ।

May be an image of 2 people and indoor
May be an image of 3 people, people standing and indoor

प्रतिक्रिया