शुक्रबार, वैशाख २८, २०८१

नेपालको श्रम प्रशासन सुधार गर्न आइएलओले सक्रियता बढायो

नेपालखोज २०७८ मंसिर २७ गते १६:०२

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले नेपालको श्रम प्रशासन सुधारका लागि आवश्यक सामाग्री सरकारलाई हस्तान्तरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का नेपाल निर्देशक रिचार्ड होवार्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

आइएलओले पाँच वटा मोटरसाइकल, २४ वटा ल्यावटप–प्रिन्टर लगायतका सामाग्री मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक वा देशभित्र रोजगारी गर्ने मजदुरको सुरक्षा र समस्या समाधानमा प्राविधिक सहयोग गर्दैं आएको निर्देशक होवार्डले बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित गर्न आइएलओले गर्दै आइरहेको सहयोगका लागि धन्यवाद दिए ।

आइएलओको प्राविधिक सहयोगमा नेपालमा मर्यादित कामका लागि देशीय कार्यक्रम सन् २०१८–२०२२ सञ्चालनमा छ । नेपाल सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्य भएको थियो । श्रमिकको सीप विकास, श्रम शोषण र बाल श्रमविरुद्धका क्षेत्रमा आइएलओले नेपालमा काम गर्दै आएको छ ।

प्रतिक्रिया