‘पार्टीलाई निर्मल निवासको रिमोट कन्ट्रोलबाट मुक्त गर्ने निश्चित भएमात्र पार्टी एकता कायम रहन्छ’

काठमाडौं । राप्रपाको निवर्तमान अध्यक्ष कमल थापाले नेतृत्व चयनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन् ।
नवनिर्वाचित पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर थापाले निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका हुन् । निर्मल निवासको हस्तक्षेप, पार्टीलाई निर्मल निवासको रिमोट कन्ट्रोलबाट मुक्त गर्ने निश्चित भएमात्र पार्टी एकता कायम रहने उनले चेतावनी दिएका छन् ।
लिङ्देनलाई पत्र लेख्दै थापाले भनेका छन्, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छाननि गर्न निष्पक्ष छानविन समिति बनाउनुहोस् । हस्तक्षेपत्रको भर्त्सना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीत्रि बहस सुरु गर्नुहोस् ।’



प्रतिक्रिया