सोमबार, फागुन १४, २०८०

३ हजार ९७७ मतगणना सकिँदा १ हजार ९०० मत देउवालाई

नेपालखोज २०७८ मंसिर २८ गते ८:३४

काठमाडौं । कांग्रेस महाधिवेशनमा सभापतिमा निर्वाचित हुनका लागि शेरबहादुर देउवाले अझै ४४० मत प्राप्त गर्नुपर्ने देखिएको छ ।
कुल खसेको ४ हजार ६७९ मतको ५० प्रतिशत कटाउन २ हजार ३४० मत देउवालाई आवश्यक पर्छ ।

देउवाले ३ हजार ९७७ मत गणना सकिँदासम्म १ हजार ९०० मत प्राप्त गरेका छन् । अर्का उम्मेद्वार शेखर कोइरालाले भने १ हजार ४६७ मत प्राप्त गरेका छन् ।
 

प्रतिक्रिया