शुक्रबार, वैशाख २८, २०८१

नयाँ वर्षमा हेल्दी व्यवहारको संकल्प

नेपालखोज २०७९ वैशाख १ गते १२:०७

काठमाडौं । भागदौडले भरिपूर्ण जीवनमा मानसिक तनाव तथा शारीरिक स्वास्थको व्यवस्थापन ठूलो चुनौती बन्दै गएको छ । भनिन्छ बिराम-रोग आदि बाट जोगिने सबैभन्दा राम्रो औषधि हेल्दी लाइफस्टाइल नै हो । स्वस्थ रहन सही दिनचर्यादेखि लिएर खानपानमा नियमित ध्यान पुर्याउन जरुरी छ । यो कुरा भन्न सजिलो भए पनि यसलाई प्रतेक दिन निरन्तर पालन गरेर जीवनको अभिन्न अंग बनाउन सानो संकल्पले पुग्दैन । यद्यपि यो अत्यावश्यक छ । नव वर्षमा आफ्नो दैनिकिमा केही कुरा सामेल गरेर सधैं चुस्त दुरुस्त त रहन सकिन्छ नै बिमारबाट पनि जोगिइन्छ ।

दिनको सुरुवात- बिहान अबेरसम्म सुत्नु हानिकारक बानी हो । त्यसैले बिहान सबेरै उठ्ने बानी बसालौं । स्वस्थ रहन दिनको सुरुवात कुनै फल सेवनबाट गरौं । प्रत्येक दिन कम से कम दुई किसिमक‍ो फल अवश्य खाउँ । करिब ३ सातामा यो कुरा आफैं एउटा बानी वा लत बन्न पुग्छ । राति समयमै खाना खाएर हल्का वाक गरेर मात्र सुत्न तिर लागौं ।

दिनभरको डाइट – ब्रेकफास्ट, लन्च तथा डिनरको प्लान बनाउँ । ब्रेकफास्ट र लन्च हेभी गरे पनि राति सहजै पच्ने कुरा मात्र सेवन गरौं । खानेकुरामा शरीरका लागि अत्यावश्यक प्रोटिन, क्याल्सियम तथा फाइबरजस्ता पोषक तत्त्व भएका वस्तु उचित मात्रामा समावेश गर्नुपर्छ ।

सही कुरा मात्र खाउँ – फ्रेस, सिजनल तथा घरमा तयार गरिएका खानेकुरा नै बढी पौष्टिक हुन्छन् । घरमै तयार हुने खाना खाने बानीले तमाम र भयंकर रोगहरुबाट टाढा राख्छ । हरियो सागसब्जीमा भरपूर मात्रामा एन्टीअक्सिडेन्ट, न्युट्रिसन, भिटामिन, जिंक आदि हुन्छ भने यसले हामीलाई स्वस्थ रखनका साथै इम्युनिटी बलियो राख्नसमेत मद्दत गर्छ ।

खानेकुराको मात्रा – भनिन्छ नि मात्रा मिलाएर खान जान्नु पर्छ । खानेकुराको मात्रा शरीरको एक्टिभिटी लेभल, उमेर, लिङ तथा हेल्थ कन्डिसन आदिमा निर्भर गर्छ । हेल्दी फुड पनि तब सम्म मात्र हितकर वा स्वास्थ बर्धक हुन्छ जब सम्म त्यसको मात्रा आफ्नो शारिरिक अवस्था अनुकूल हुन्छ । यसमा आफ्नो शारीरिक अवस्था पनि समय अनुसार परिवर्तन भैरहन्छ भन्ने कुराको हेक्का राख्नुपर्छ । यसैगरि हामिले खाएको क्यालोरी कसरी बर्न भैरहेको छ भन्ने कुरामा पनि बिचार पुर्याउनु पर्छ अन्यथा बढि क्यालोरी वा कम क्यालोरीले शरिरमा प्रतिकुल असर पार्नेछ ।

मानसिक स्वास्थ – स्वस्थ रहन ब्रेन फङ्क्सनले सही ढंगले काम गर्नु जरूरी छ । मस्तिष्कलाई दुरुस्त राख्न केही कुरामा विशेष ध्यान दिनुपर्छ । ६ देखि ८ घण्टा राम्रोसँग सुतौं । यसले ब्रेन फङ्क्सन ठीक राख्छ भने स्ट्रेस र एन्जाइटीबाट पनि जोगाउँछ । राम्रा पुस्तक पढौं, राम्रा म्युजिक सुनौं अनि समय निकालेर घुम्ने, मनोरञ्जन गर्ने योजना बनाउँ ।

प्रशस्त पानी पिउँ – पानी हेल्दी लाइफस्टाइलको सबैभन्दा प्रमुख भाग हो । एक स्वास्थ्य रिपोर्टअनुसार- पुरुषले दैनिक करिब ३.७ लिटर पानी पिउनुपर्छ भने महिलाहरुले दिनभरमा करिब २.७ लिटर पानी पीउने बानी बसाल्नुपर्छ । पानीले हाम्रो शरीरबाट विषालु पदार्थ बाहिर निकाल्ने काम मात्र गर्दैन यसलाई हाइड्रेट पनि राख्नेछ ।

वर्कआउट – दैनिक एक्सरसाइज गर्ने बानी बसाल्नुपर्छ । त्यसका लागि जिम वा फिटनेस सेन्टर नै पुग्नुपर्छ भन्ने छैन । घरमै एक्सरसाइजका साधनहरु राखेर वा योग ध्यानमार्फत आफूलाई फिट राख्न सकिन्छ । सातामा कम से कम पाँच दिन वर्कआउट गर्नुपर्छ वा मर्निङ वाकलाई आफ्नो दैनिकीमा सामेल गर्नुपर्छ ।

जंक फुड – तारिएका, मसालेदार वा चटपटा खाना खानु हुँदैन । हाई सुगर वा हाइसोडियम फुड (बढी गुलियो वा नुनिलो ) बाट टाढै बस्नु उपयुक्त हुन्छ । डिप फ्राई त छुँदै नछोए हुन्छ । खानेकुराले नै हाम्रो स्वास्थमा बढी र प्रत्यक्ष असर पारिरहेको हुन्छ ।

राम्रो संगत – भनिन्छ संगतले हामीमाथि बढी प्रभाव पारिरहेको हुन्छ । त्यसैले त्यस्ता मानिसहरुसँग समय बिताउँ जो पोजेटिभ छन्, जीवनकाप्रति स्पष्ट दृष्टिकोण राख्छन्, स्वास्थका विषयमा गम्भीर छन् । प्रशन्नचित्त, इमानदार अनि हंसमुख मानिसहरुको संगतले आफ्नो लाइफस्टाइलमा सकारात्मक परिवर्तन आउँछ ।

सरसफाइ – सरसफाइ सबैभन्दा महत्त्वपूर्ण छ । यसमा आफ्नो व्यक्तिगत सफाइदेखि लिएर घर, टोल, सहरको सफाइ अनि खानेकुराहरुको सफाइसम्मको कुरा आउँछ । सरसफाइ र हाइजिन खानेकुरामा ध्यान दिन सके हाम्रा कतिपय समस्या सिर्जना नै हुन पाउँदैनन् ।

प्रतिक्रिया