सुनचाँदीकै मूल्य सामान्य बढ्याे

नेपालखोज २०७८ मंसिर २८ गते ११:१०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै मूल्य बढेकाे छ । छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रूपैयाँले नै बढेकाे छ । तेजाबी सुन आज ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार तेजाबी सुन ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेकाे छ । आज चाँदी १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आइतबार १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया