हृदयेश त्रिपाठीले खोले ‘जनता प्रगतिशील पार्टी’

नेपालखोज २०७८ मंसिर २८ गते १६:२२

काठमाडौं । पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ दल खोलेका छन् । काठमाडौंमा आज (मंगलबार) आयोजित कार्यक्रममा उनले नयाँ दल स्थापनाको घोषणा गरेका हुन् ।

त्रिपाठीको नयाँ पार्टीको नाम ‘जनता प्रगतिशील पार्टी’ राखिएको छ । त्रिपाठी नै संयोजक रहेको नयाँ पार्टीको लोगोमा अर्धचन्द्रभित्र तारा राखिएको छ ।

गत प्रतिनिधिसभा चुनावमा त्रिपाठी एमालेको सूर्य चिह्नबाट विजयी भएका थिए ।

प्रतिक्रिया