शनिबार, जेठ ५, २०८१

सिटिजन्स बैंक र स्पर्श हस्पिटलबीच समझदारी, उपचारमा विशेष छुट

नेपालखोज २०७८ मंसिर २८ गते १९:३१

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्जस्थित स्पर्श मल्टी स्पेसालिटी हस्पिटलबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहकले स्पर्श हस्पिटलको सेवा-सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदनदिन सक्नेलगायत व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना १७४ शाखा, १२३ एटीएम र ८७ शाखारहित बैंकिङ एकाइहरुबाट करिब १२ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । कोभिड-१९ को महामारीबाट सम्पूर्ण विश्व आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम् प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकता डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्तरुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाको थालनी गरेको छ ।

साथै कोभिड-१९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआईकनै बैंकिङ सुविधा प्राप्त गर्न सहजहोस् भनी बचत खाता सञ्चालन गरेका ग्राहकलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डी-म्याट तथा आस्बा सेवा, कार्डलगायत विद्युतीय भुक्तानीका माध्यममा पहिलो वर्षको शुल्क मिनाहा गरेको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहजरुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया