‘संसदमा विद्यमान गतिरोध अन्त्य गर्न एमालेसँग वार्ता र संवादका लागि सरकार सदैव तयार’

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले संसद सुचारु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न चाहेको बताएका छन् ।
सत्तारुढ प्रमुख घटक कांग्रेस नेता समेत रहनु भएका मन्त्री बडुले संसदमा विद्यमान गतिरोध अन्त्य गरेर अघि बढन सरकारले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतीमा ल्याउन वार्ता र संवादलाई सदैव अगाडि बढाउन चाहेको बताएका हुन् ।
आज संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले अत्यावश्यक विधेयकहरु भने एमालेका विरोधका बीच पनि सरकारले अघि बढाउने स्पष्ट पारे । मन्त्री बडुले जनतालाई पीडाबोध भईरहेको नागरिकता ऐन, संघीय निजामती सेवा ऐनजस्ता अत्यावश्यक विधेयकहरु भने सहजै ढंगले अघि बढने बताए।
मन्त्री बडुले आजबाट सुरु भएको हिउँदे अधिवेशन विधेयक अधिवेशन पनि भएकाले अत्यावश्यक विधेयकहरु अघि बढाउनुको विकल्प नभएको तर्क समेत गरे ।

प्रतिक्रिया