आइतबार, जेठ ६, २०८१

देउवालाई निःसर्त समर्थन गरेको हुँ : प्रकाशमान सिंह

नेपालखोज २०७८ मंसिर २९ गते ७:३७

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा शेरबहादुर देउवालाई निःसर्त समर्थन गरेको बताएका छन् ।सभापतिको प्रत्यासी रहेका प्रकाशमानले दोस्रो चरणको निर्वाचन हुँदा देउवालाई समर्थन गरेका थिए।

प्रधानमन्त्री बनाइदिने आश्वासन पाएपछि सिंहले दउवालाई समर्थन गरेका चर्चा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएपछि उनले त्यसको खण्डन गरेका हुन् । मंगलबार साँझ विज्ञप्ति प्रकाशित सिंहले आफूले देउवालाई निसर्त समर्थन गरेको बताएका छन् ।

‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ’ सिंहले भनेका छन्, ‘कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्दछु’- विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया