नेप्से चार अंकले घट्दा चार अर्ब ५८ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन एक सय ३७ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज भने चार दशमलव २३ अंकले घटेर २४ सय १४ दशमलव ६२ अंकमा पुगेको छ ।
त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८९ अंकले घटेर चार सय ५९ दशमलव ४१ अंकमा पुगेको छ । दुई सय २८ वटा कम्पनीहरुको ७१ हजार दुई सय २९ वटा कम्पनीहरुको ९८ लाख ७९ हजार एक सय नौ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम चार अर्ब ५८ करोड ८३ लाख ९० हजार छ सय ७८ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा पाँच वटा समूहको सूचक घटेर आठ वटा समूहको सूचक बढेका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव २८ अंकले घटेर १६ सय ५६ दशमलव १९ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि ४३ दशमलव ९८ अंकले घटेर १२ हजार सात सय ७२ दशमलव ९७ अंकमा झरेको छ ।
त्यसैगरी होटल तथा पर्यटन, अन्य र लघुवित्त समूहहरुको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने ४० दशमलव ४७ अंकले बढेर ४२ सय ९९ दशमलव ३२ अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सूचक पनि २७ दशमलव छ अंकले बढेर १० हजार चार सय ६२ दशमलव ६१ अंकमा चढेको छ । यि बाहेक जलविद्युत, फाईनान्स, ट्रेडिङ, उत्पादनमुक, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज सामलिङ पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर चार सय ४४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ३४ प्रतिशतले घटेर ११ सय रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
त्यसैगरी आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता पाँँच सय ५९ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा १६ करोड ५८ लाख ६२ हजार ८३ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया