मंगलबार, वैशाख १६, २०८२

इन्फ्रास्ट्रक्चर बैंकले कर र बोनससम्बन्धी महत्त्वपूर्ण निर्णय गर्यो

नेपालखोज २०७८ मंसिर २९ गते १५:५२

काठमाडौ । नेपालको पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आज आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काठमाडौंमा सम्पन्न सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष समेत रहेका अनुज अग्रवालले गरे ।

कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्र प्रसाद ढकाल, लालमणि जोशी र शंकर प्रसाद अधिकारीको उपस्थिती रहेको थियो । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्चतहका अधिकृतहरुको समेत उपस्थिति थियो ।

कोभिड–१९ को कारण उत्पन्न स्वास्थ्य जोखिमबाट जोगिन\जोगाउन आफ्ना शेयरधनीहरु अनलाईन माध्ययमबाट समेत सहभागी हुन सक्ने गरी सभाको कार्यक्रम तय गरिएको थियो । सभामा प्रत्यक्षरुपमा उपस्थित हुने शेयरधनीहरुलाई समेत स्वास्थ्य सम्बन्धी मापदण्डहरु पुर्ण पालना हुने व्यवस्था मिलाईएको थियो ।

आर्थिक बर्ष २०७७\७८ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको सभाले आ.व. २०७७\७८ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २० अर्बको आठ प्रतिशत बोनस शेयर प्रदान गर्ने र कर प्रयोजनको लागि शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया