चौबीस घण्टामा थपिए २८० संक्रमित, ३ सय डिस्चार्ज

नेपालखोज २०७८ मंसिर २९ गते १६:५१

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ९ हजार २१२ जनाको पीसीआर परीक्षण गर्दा २५२ र २ हजार ७८२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २८ जना गरि कुल २८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभर ५ हजार ६३५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३ सय जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ७ हजार ८१६ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ९ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५६५ पुगेको छ ।

प्रतिक्रिया