‘ओलीबेशन र अधिवेशनको फरक कांग्रेसको महाधिवेशनले दियो’

नेपालखोज २०७८ मंसिर २९ गते १८:३०

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले ओलीबेशन र अधिवेशनको फरक नेपाली कांग्रेसको १४औँ महाधिवेशनले दिएको बताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोईरालाले आयोजना गरेको प्रतिनिधिहरुलाई धन्यवाद कार्यक्रममा बोल्दै नेता थापाले ओलीबेशन र अधिवेशनको फरक नेपाली कांग्रेसको १४औँ महाधिवेशनले दिएको बताए ।

उनले एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढेको तर कांग्रेसको अधिवेशनमा स्वयं प्रधानमन्त्री नै रातभर बसेर मतदातालाई हात जोडेको दृश्यले अधिवेशनको बारे स्पष्ट पार्ने बताए । नेता थापाले सभापति देउवाले अब नेपाली कांग्रेस पार्टीलाई गुटरहीत बनाएर सही दिशा दिनुपर्ने बताए ।

नेता थापाले अब पार्टीका नेताहरु सबैको सभापति शेरबहादुर देउवा भएको बताउँदै पार्टीमा आफ्नो सम्बन्ध संघर्ष र सहकार्यको हुने बताए । उनले पार्टी सभापतिको कुनै गुट नहुने भन्दै नवनिर्वाचित सभापति देउवालाई सोही अनुसार अघि बढन आग्रह गरे ।

प्रतिक्रिया