ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् संचालक समितिको अध्यक्षमा रविन नेपाल निर्वाचित
नेपालखोज
२०७८ मंसिर २९ गते २१:४२

काठमाडौं । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडको संचालक समितिको अध्यक्षमा रविन कुमार नेपाल निर्वाचित भएका छन् ।
ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडको सोमबार सम्पन्न वार्षिक साधारण सभाबाट सेयरधनी बैंकहरुबाट प्रतिनिधित्व गर्ने ६ संचालकहरु नियुक्त भएका थिए । जसमध्येबाट नेपाललाई संचालक समितिको अध्यक्षमा निर्वाचित गरिएको हो ।
नवनियुक्त अध्यक्ष नेपालले भुक्तानी तथा फछ्र्यौट विनियमावली बमोजिम आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
बैंक तथा वित्तीय संस्थाद्वारा स्थापित एबम् संचालित यस कम्पनीले १५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित

प्रतिक्रिया