शनिबार, जेठ ५, २०८१

बदलिँदै छ केही राशिको भाग्य, सूर्यले गर्दै छन् स्थान परिवर्तन

नेपालखोज २०७८ पुष १ गते ६:१४

ज्योतिषशास्त्रमा सूर्यलाई विशेष स्थान दिइएको छ । सूर्य सबै ग्रहका राजा मानिन्छन् । सूर्यलाई आत्मा, पिता, मान-सम्मान, सफलता, प्रगति एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा उच्च सेवाका लागि कारक ग्रह मानिएको छ । सूर्य शुभ भए भाग्योदय हुने कुरा बताइन्छ ।

आज पुस १ गते बिहीबार अर्थात् १६ डिसेम्बर २०२१ देखि सूर्यले आफ्नो स्थान परिवर्तन गर्दै छन् । सूर्य वृश्चिक राशिबाट धनु राशिमा प्रवेश गर्नेछन् । ज्योतिषशास्त्रमा ग्रहहरुको राशि परिवर्तनलाई निकै महत्त्वपूर्ण मानिन्छ । भनिन्छ ग्रहहरुको राशि परिवर्तनको प्रभाव सबै राशिमा पर्छ । सूर्य वृश्चिक राशिबाट धनु राशिमा प्रवेश गरेपछि केहि राशिको भाग्योदय हुने ज्योतिषशास्त्रीहरु बताउँछन् । हेरौं सूर्यको राशि परिवर्तनले कुन राशिलाइ के-कस्तो फाइदा दिलाउँदै छ ।

मेष राशि
-मेष राशिका लागि सूर्य को राशि परिवर्तनले शुभ परिणाम लिएर आउनेछ ।
-प्रतिद्वन्द्वीहरुमाथि विजय प्राप्त हुनेछ ।
-कार्यस्थलमा मान-सम्मान बढनेछ ।
-आर्थिक स्थिति पहिलेको तुलनामा राम्रो हुनेछ ।
-स्वास्थ्य सन्तोषजनक रहनेछ ।
-वैवाहिक जीवन सुखद छ ।

मिथुन राशि
-मिथुन राशिहुनेहरुका लागि सूर्यको यो गोचरले शुभ समाचार दिनेछ ।
-पारिवारिक सम्बन्धमा मधुरता बढनेछ ।
-कामको खोजिमा रहेकाहरुले शुभ परिणाम प्राप्त गर्न सक्छन् ।
-आत्मविश्वास बढ्नेछ ।
-दाम्पत्य जीवन सुखद रहनेछ ।
-धन लाभ हुनेछ भने यसले आफ्नो आर्थिक पक्षलाई मजबुत बनाउनेछ ।

कर्कट राशि
-सूर्यको राशि परिवर्तन कर्कट राशिका लागि लाभदायक रहनेछ ।
-धनसँग जोडिएका कुराहरुमा सफलता हासिल हुनेछ ।
-समाजमा मान-सम्मान वृद्धि हुनेछ ।
-पद-प्रतिष्ठा पनि प्राप्त होला ।
-आर्थिक लगानीका लागि समय उपयुक्त छ । लगानी लाभदायक साबित हुनेछ ।
-लेनदेनका लागि पनि समय शुभ छ ।

सिंह राशि
-सिंह राशि हुनेहरुका लागि सूर्यको राशि परिवर्तन कुनै वरदान साबित हुनेछ ।
-मान-सम्मानमा वृद्धि हुनेछ ।
-कार्यक्षेत्रमा लाभ मिल्नेछ ।
-सूर्यको गोचर कालमा काम गर्दा विशेष सफलता हासिल होला ।
-धन आर्जनका नयाँ अवसरहरु जुटनेछन् ।
-व्यापारीहरुले राम्रो नाफा लिन सक्नेछन् ।
-१७ अक्टोबरसम्मको समय शुभ, लाभदायक छ ।

धनु राशि
-सूर्यको राशि परिवर्तनले धनु राशिका लागि शुभ परिणाम दिलाउनेछ ।
-नोकरी तथा व्यवसायमा शुभ फल प्राप्त हुनेछ ।
-नोकरीमा बढुवाको योग छ ।
-खर्चमा नियन्त्रण गर्नुहोला ।
-पारिवारिक जीवन सुखी देखिन्छ ।
-आर्थिक क्षेत्रमा पनि सूर्यको राशि परिवर्तन लाभदायक साबित हुनेछ ।

(प्रस्तुत जानकारी सामान्य मान्यता तथा जानकारीमा आधारित छ । नेपालखोज अनलाइनले यसको आधिकारिकता पुष्टि गर्दैन ।)

प्रतिक्रिया