राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

नेपालखोज २०७८ पुष १ गते १०:०३

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरिएको छ । निर्वाचन आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरेर राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले दल दर्ताको म्याद पुस १० गतेसम्म दिएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन माघ १२ गते गर्ने निर्णय छ । 

पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उमेदवारी दर्ता, २१ गते उम्मेद्वारीमा दाबी विरोधको उजुरी, २२ र २३ गते उजुरीमाथि जाँचबुझ, २४ गते उम्मेद्वारी फिर्ता र २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

२५ गते उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । आयोगले माघ १२ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । 

प्रतिक्रिया