महामन्त्री पदकाे मतगणना : थापा र शर्मालाई अग्रता
नेपालखोज
२०७८ पुष १ गते १२:१५

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको जारी मतगणनामा गगन थापाले अग्रता लिदै गएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा छन् ।
पार्टी कार्यालय सानेपामा जारी रहेकाे गणनामा ६०० मत गन्दा थापाले ३८९ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले २२९ मत पाएका छन् ।
त्यस्तै डा. मीनेन्द्र रिजालले १०१, डा. प्रकाशरण महतले १९३, प्रदीप पौडेलले २०६ र डा. राजाराम कार्कीले १८ मत पाएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया