युएईमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड भइसकेको उडान पनि रद्द
नेपालखोज
२०७७ असार २ गते १३:२९
काठमाडौँ । संयुक्त अरब इमिरेट्स ९युएई०मा समस्यामा परेका नेपालीको उद्धारका लागि आज (मंगलबार) र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ ।
आबुधाबीस्थित नेपाली दूतावास सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो ।
युएईमा समस्यामा परेका नेपालीलाई आज र पर्सी नेपाल एयरलाइन्स मार्फत स्वदेश फर्काउने तयारी भएको थियो ।
दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन भएको उल्लेख छ ।
उडान रद्धबारेको सूचना आइतबारै दूतावासले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो ।
तर उक्त सूचना तत्काल हटाएर हिजो फेरि अर्को सूचना जारी गर्दै उडान स्थगन भएको जनाउ दिएको हो ।
अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन ।
सम्बन्धित
प्रतिक्रिया