महामन्त्री मतगणना : दुई हजार २० मत गन्दा थापा र शर्माको अग्रता कायमै

नेपालखोज २०७८ पुष १ गते १३:४२

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म दुई हजार २० मत गणना भएको छ ।

प्राप्त मतपरिणाम अनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको सुरुदेखिको अग्रता कायमै छ । सबैभन्दा बढी थापाले एक हजार ३८५ मत प्राप्त गरेका छन् । महामन्त्रीका अर्का प्रत्यासी शर्माले ८५१ मत ल्याएका छन् ।

त्यसैगरी महामन्त्रीका अन्य उम्मेद्वार क्रमश : डा. प्रकाशशरण महतले ६९८, प्रदीप पौडेलले ६२९, डा. मीनेन्द्र रिजालले ३६५ र डा. राजाराम कार्कीले ५९ मत प्राप्त गरेका छन् । महामन्त्री उम्मेद्वारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको हो ।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेताहरु थापा, डा. महत, पौडेल, डा. रिजाल, डा. कार्की र शर्मा उम्मेद्वार छन् ।

प्रतिक्रिया