नेप्से ३७ अंकले घट्दा दुई अर्ब ३० करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा पुनः उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन चार दशमलव २३ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज भने ३७ दशमलव ८७ अंकले घटेर २३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ ।
त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ८८ अंकले घटेर चार सय ५३ दशमलव ५३ अंकमा झरेको छ । दुई सय २४ वटा कम्पनीहरुको ३७ हजार दुई सय ३६ पटकको कारोबारमा ५३ लाख ७९ हजार आठ सय ६० कित्ता सेयर खरिद बिक्री भएकोमा कुुल कारोबार रकम दुुई अर्ब ३० करोड १७ लाख ५१ हजार नौ सय ६८ रुपैयाँको सेयर किनबेच भएको छ ।
१३ वटा समूहको कारोबार भएकोमा सामुुहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ६८ अंकले घटेर १६ सय ५० दशमलव ५१ अंकमा निर्जिवन बिमा समूहको सूचक पनि दुई सय ६४ दशमलव ६१ अंकले घटेर १० हजार एक सय ९८ दशमलव २८ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि दुई सय ६३ दशमलव २१ अंकले घटेर १२ हजार पाँच सय नौ दशमलव ७५ अंकमा झरेकोमा विकास बैंक, जलविद्युत, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादन मुलक, अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज नेपाल बंगलादेश बैंकको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर तीन सय ५४ रुपैयाँ ६० पैसामा प्रतिकित्ता सेयर कारोबार हुंदा घलेम्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने सात दशमलव ५९ प्रतिशतले घटेर तीन सय ६५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
त्यसैगरी आज प्रभु बैंकको प्रतिकित्ता तीन सय १० रुपैयाँ १० पैसा अन्तिम मूल्यमा नौ करोड ४३ लाख १९ हजार ४६ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया