नेपालमा सक्रिय संक्रमित संख्या साढे ५ हजारमा झर्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका सक्रिय संक्रमितको संख्या साढे ५ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ जना रहेका छन् ।
त्यस्तै नेपालमा गत चौबीस घण्टामा थप १८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ७ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा १६० र ३ हजार ७८८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २४ जना गरि कुल १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २५ हजार १७६ र एन्टीजेन विधिबाट ९५ हजार ८९७ पुगेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २६७ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ८ हजार ८३ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ९ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५६७ पुगेको छ ।

प्रतिक्रिया