कांग्रेस महामन्त्री पदको अन्तिम मत परिणाम सार्वजनिक : कसको मत कति ?

नेपालखोज २०७८ पुष १ गते १७:०५

काठमाडौं । कांग्रेसकाठमाडौं । कांग्रेस महामन्त्री पदको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार थापाले ३ हजार २३ र शर्माले २ हजार २४६ मत पाएका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मंसिर २७ गते सम्पन्न चुनावमा महामन्त्री पदका लागि कुल ४ हजार ६८२ मत खसेका थिए । त्यस्तै, महामन्त्री पदका उम्मेदवार प्रकाश शरण महतले १ हजार ५५०, प्रदिप पौडेलले १ हजार ४०९, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत ल्याएका छन् ।/

महामन्त्री उम्मेदवारको मतगणना आज बिहान १० बजेर २० मिनेटदेखि सुरु भएको थियो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि गएको सोमवार चुनाव भएको थियो । अहिले तीन सहमहामन्त्री पदको मतगणना जारी छ ।

प्रतिक्रिया