उपल्लो डोल्पामा हिमपातले रोकियो कोभिड र नियमित खोप
नेपालखोज
२०७८ पुष १ गते १८:१०

जाजरकोट । उपल्लो डोल्पामा भारी हिमपात भएसँगै नियमित सञ्चालन हुने खोपदेखि कोभिडविरुद्ध लगाउने खोपसमेत रोकिएको छ । मंसिरदेखि चैतसम्म खोप बन्द हुने स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।
त्यस्तै बर्थिङ सेन्टरसमेत बन्द हुँदा यहाँ घरमै सुत्केरी हुने गरेको पाइएको छ । तीन पालिकामा बर्थिङ सेन्टरसमेत नरहेको उनले बताए । सबै उपल्लो डोल्पाका महिला घरमै असुरक्षितरुपमा सुत्केरी हुने गरेको शाहीले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया