आयोगले तोक्यो राष्ट्रियसभा निर्वाचनका लागि १४ मतदान केन्द्र
नेपालखोज
२०७८ पुष १ गते १८:३४

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै प्रदेश २ मा दुईवटा मतदान स्थल र अन्य प्रदेशमा एक एक मतदानस्थल तोकेको छ ।
त्यस्तै, आयोगले १४ वटा मतदान केन्द्र रहने जनाएको छ। आयोगले राष्ट्रियसभा निर्वाचनका लागि २ हजार २५ जना मतदाताको नामावली स्वीकृत गरेको छ । राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यले मतदान गर्छन् ।
सम्बन्धित

प्रतिक्रिया