काठमाडौंमा ‘राइज एन्ड लिड’ कार्यशाला सम्पन्न, अमेरिकी महिला प्रशिक्षकबाट नेतृत्व विकासको प्रशिक्षण

काठमाडौं । महिला नेतृत्व क्षमताको विकासमा योगदान पुर्याउने उद्देश्यसहित आयोजित ‘राइज एन्ड लिड’ कार्यशाला बिहीबार काठमाडौंको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कूलमा सम्पन्न भएको छ ।
नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजनामा तथा काठमाडौं महानगर समितिको समन्वयमा सम्पन्न उक्त कार्यशालामा अमेरिका विभिन्न क्षेत्रका महिला प्रशिक्षकले सहभागिलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए। बिहान ८ बजेबाट सुरू भएको कार्यक्रमको उद्घाटन नेसनल प्याब्सनकी संस्थापक तथा केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणा र अमेरिकी प्राध्यापक तथा ‘क्लाइम्ब योर माउण्टेन’ टिम लिडर डा. सारा सफारीले संयुक्त रूपमा गरेका थिए ।
कार्यशालामा अमेरिका विभिन्न पेसागत पृष्ठभूमिका छजना प्रशिक्षकले सहभागिलाई अन्तरक्रियामूलक प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षकमा डा. सारा सफारी (लेखिका, वक्ता, कलेज प्राध्यापक तथा महिला सशक्तीकरणकी अभियन्ता), लेटिजिया पिलेजी (एलपी इन्भेस्टमेन्ट्सकी संस्थापक तथा व्यवसायी), क्याथी आर्मस्ट्रङ (डी ए म्यानुफ्याक्चरिङ कम्पनीकी सीईओ), मार्सिया लाकोर-लिटल (क्लिनिकल ल्याब वैज्ञानिक तथा अवकाशप्राप्त ग्राफिक डिजाइनर), कायला आर्मस्ट्रङ (क्यालिफोर्निया पोलिटेक्निक युनिभर्सिटी अफ पोमोना) र आशा पटेल (आयुर्वेद चिकित्सक) को सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा नेसनल प्याब्सनका पूर्व राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाही, वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर अधिकारी, उपाध्यक्ष कुमार बहादुर भट्टराई तथा डम्बर कार्की, बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की, केन्द्रीय सदस्य डा. नवरथ बानिया, निता श्रेष्ठ, विजय खरेल, जिल्ला समिति अध्यक्ष होम बहादुर अधिकारी (मनोज), कोषाध्यक्ष विजय न्यौपाने, स-कोषाध्यक्ष हेमन्त श्रेष्ठ, सह-सचिव प्रकाश अधिकारी, सदस्य रामप्रसाद काफ्ले, तथा महानगर समिति अध्यक्ष नीलम मणि भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ४० वटा विद्यालयका ८४ जना सहभागिहरूले सहभागी भई प्रशिक्षण लिएका थिए । उनीहरूले प्रशिक्षणले आत्मविश्वास र नेतृत्व क्षमतामा उल्लेखनीय सुधार ल्याएको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्ला समिति अध्यक्ष होम बहादुर अधिकारी (मनोज) ले अन्तर्राष्ट्रियस्तरका यस्ता तालिमलाई निरन्तरता दिई नेसनल प्याब्सनका सदस्य विद्यालयलाई अब्बल र नमुना बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सहभागी हुन सम्पूर्ण विद्यालयलाई निःशुल्क प्रविष्टिको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया