महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव

नेपालखोज २०७८ पुष १ गते २०:२३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको छ । बिहीबार महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी संयोजकत्वको समितिको बैंठकले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको हो ।

बैठकमा समितिका संयोजक कुशकुमार जोशीले उद्योग वाणिज्य महासंघलाई समावेशी तथा नीजि क्षेत्रको बलियो धरोशर बनाउनको लागि विधान संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए । उनले नयाँ विधानको मस्यौदा प्रदेश कमिटिहरुलगायतको सल्लाह सुझावअनुसार तयार पारेर महासंघलाई बुझाइ सकेको बताएका छन् ।

त्यस्तै, समितीका सहसंयोजक पशुपति मुरारकाले नयाँ विधानमा कोषाध्यक्ष पद खारेज गर्न प्रस्ताव गरिएको बताएका छन् । उनले कोषाध्यक्ष पद खारेज गरेर एक जना उपाध्यक्षले कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्ने गरी नयाँ व्यवस्था गरिएको बताए । मुरारकाले मस्यौदामा वरिष्ठ उपाध्यक्ष पद र कोषाध्यक्ष पद खारेज गर्न बताए ।

सहसंयोजक मुरारकाले कार्यसमिति सदस्यहरुबाट एक जना महिला उपाध्यक्ष चुनिने व्यवस्था विधान मस्यौदामा गरिएको पनि बताए । उनले महासंघका सबै विधाको कार्यसमितिमा महिला सदस्य अनिवार्य गर्नु पर्ने सुझाव समितीको रहेको बताएका छन् । मुरारकारले नयाँ विधानमा कार्यसमितिको कार्यकाल छोट्याइएर ३ वर्षबाट अवदेखि २ वर्षको मात्रै हुने र अध्यक्ष पदमा एक पटक मात्रै कायम हुने व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया