देउवा प्यानलका उम्मेद्वारको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सह-महामन्त्री पदमा सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।
जारी महिला र आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदमा देउवा प्यानलका उम्मेदवारहरुले अग्रता कायम राखेका हुन्। दलितमा भने कोइराला प्यानलका जीवन परियारले अग्रता लिएका छन् ।
आदिवासी जनजातितर्फ ३ हजार मतगणना हुँदा भीष्मराज आङ्दाम्बेले फराकिलो अग्रता बनाएका छन्। उनले १७८० मत ल्याएका छन् भने कोइराला प्यानलका विकास लामाले १२४८९ मत पाएका छन्।
त्यस्तै महिला सहमहामन्त्रीमा देउवा प्यानलकै महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिएकी छन् । ३ हजारर मतगणना हुँदा उनले १६५२ मत पाएकी छन् भने कोइराला प्यालकी कमला पन्तले १३२६ मत पाएकी छन् ।
त्यस्तै दलित सहमहामन्त्रीमा कोइराला प्यानलका जीवन परियारले ३ हजार ९६४ मतगणना हुँदा १ हजार ८६५ मत पाएका छन् भने देउवा प्यानलका मानबहादुर विश्वकर्माले १ हजार ८३७ मत पाएका छन् । मत गणना गर्ने काम अहिले पनि जारी छ ।

प्रतिक्रिया