दलित तर्फको सह-महामन्त्रीमा जीवन परियार विजयी
नेपालखोज
२०७८ पुष १ गते २२:४३

काठमाडौं । नेपाली कांग्रेसको दलित सहमहामन्त्रीमा कोइराला समूहका जीवन परियार विजयी भएका छन् । उनले देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरे। परियारले २२१२ मत पाए भने विश्वकर्माले २१७५ मत पाए ।
बिहीबार तीन सहमहामन्त्रीको नतिजा आउँदा २ देउवा पक्ष र एक कोइराला पक्षले जितेको छ । बिहीबार रातिसम्म १३ पदाधिकारी मध्ये ८ पदाधिकारीको नतिजा आएको छ ।
सम्बन्धित

प्रतिक्रिया